काठमाडौं उपत्यकामा ६०६ जना संक्रमित थपिए, ७७९१ सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६०६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थपिएका १२७२ संक्रमितमध्ये ६०६ जना उपत्यकाका रहेका छन् । यो भनेको कुल संक्रमितको ४७ दशमलव १६ प्रतिशत हो ।
अहिले काठमाडौं उपत्यकामा ७ हजार ७९२ जना आइसोलेसनमा रहेका छन् । जसमध्ये काठमाडौंमा ५९९६, भक्तपुरमा ५४० र ललितुरमा १२५५ जना आइसोलेसनमा रहेका छन् । २४ घण्टामा देशभर ८ हजार ३१ जनाको पीसीआर परीक्षण हुँदा १ हजार २७२ कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख २१ हजार ८४७ जना निको भएका छन् । २४ घण्टामा १५७५ संक्रमित काेराेनामुक्त भएका छन् ।
यस्तै १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ५६७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।
सक्रिय संक्रमितमध्ये ३८८ जना आइसियु र ६५ जना भेन्टिलेटरमा उपचाररत छन् भने १० हजार २७१ होम आइसोलेसनमा रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत