मानसिक समस्याका शारिरीक लक्षणहरू यस्ता छन्, बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयको सुझाव
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक समस्याका कारण शरीरमा देखिने विभिन्न लक्षणहरूलाई बेवास्ता नगर्न आग्रह गरेको छ। मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार, मानसिक चिन्ता केवल मनमा होइन, शरीरमा पनि विभिन्न समस्या भएर प्रकट हुन सक्छ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार चिन्ताका निम्न शारीरिक लक्षणहरू देखिन सक्छन् —
- टाउको दुख्ने
- ढाड दुख्ने
- घाँटी र काँध दुख्ने
- घाँटीमा केही अड्किएको जस्तो महसुस हुने
- छाती भारी हुने
- पेट खराब हुने
- मांसपेशीहरू कडा हुने
- भोक नलाग्ने
मन्त्रालयका अनुसार यस्ता लक्षणहरू लगातार देखा परेमा चिकित्सक वा मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनु आवश्यक हुन्छ। नियमित व्यायाम, पर्याप्त निद्रा, सन्तुलित आहार र ध्यानजस्ता उपायहरूले चिन्ता नियन्त्रणमा मद्दत पुर्याउने सुझाव मन्त्रालयले दिएको छ।
हेल्थपाटी 
तपाईँको अभिमत