कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पहिलोपटक विद्यार्थी दीक्षित हुँदै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पहिलोपटक विद्यार्थी दीक्षित गर्दैछ । प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ जना विद्यार्थी दीक्षित हुँदैछन् ।
स्नातकतर्फ वीपीएचमा ३८,एमबीबीएसमा १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरेर ५८ जना विद्यार्थी दीक्षित हुनेछन् ।
प्रधानमन्त्री एवं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओली प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन आज जुम्ला जाने कार्यक्रम रहेको छ ।
दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल लगायत सहभागी हुने कार्यक्रम छ ।
यसअघि भदौ २३ गते तय गरिएको समारोह प्रधानमन्त्री ओली नजाने भएपछि स्थगित भएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत