डा. लोहनीको सरुवा रोकियो
अ +
अ -
कोभिड युनिफाइड अस्पतालमा (वीर अस्पताल)को प्रमुखकाे जिम्मेवारी पाउनुभएका डा. गुणराज लोहनीको सरुवा रोकिएको छ।
प्रधानमन्त्री शेरवहादुर देउवाको निर्देशनमा लोहनीको सरुवा रोकिएको स्रोतले जानकारी दिएको छ । अहिलेलाई डा.भुपेन्द्रकुमार बस्नेतलाई नै यथावत राख्न प्रधानमन्त्री देउवाले निर्देशन दिनुभएको छ, स्रोतले भन्याे ।
डा.लोहनीलाई वीर अस्पतालको जिम्मेवारी दिइएपछि बुधबार कर्मचारीले लोहनी विरुद्ध प्रर्दशन गर्दै अस्पताल उपस्थित हुन दिएनन् ।
गत मंगलबार लोहनीलाई प्रमुखको जिम्मेवारी दिइएको थियो । वीर अस्पतालमा आफू अनुकुल प्रमुख नभए आन्दोलन गर्ने परिपाटी वर्षाैंदेखि रहदैं आएको छ ।
तपाईँको अभिमत