कोरोनाका कारण कपाल झर्ने समस्या हुन्छ : अध्ययन

अ +
अ -
काठमाडौं । कोरोना भाइरस संक्रमण भएका मानिसमा कपाल झर्ने नयाँ समस्या देखिएको छ । हालसालै ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनअनुसार संक्रमण भएको लामो समयपछि यस्तो देखिएको हो ।
चीनको युहान १ हजार ६५५ जनामा गरिएको अध्ययनअनुसार २२ प्रतिशतले कपाल झर्ने समस्या भएको बताएका छन् । अस्पतालबाट डिस्चार्ज भएको करिब ६ महिनापछि उनीहरूमा यस्तो समस्या देखिएको हो ।
अध्ययनले यस्तो समस्या पुरुषमा भन्दा महिलामा बढी हुने समेत देखाएको छ ।यसैगरी सो अध्ययनले २६ प्रतिशतमा निद्राको समस्या हुने र २३ प्रतिशतमा डर तथा डिप्रेसन हुने समस्या देखाएको छ ।
तपाईँको अभिमत