चीनमा आठतले भवन भत्किँदा ५३ जनाको मृत्यु
अ +
अ -
चीनमा एक हाउजिङको भवन भत्किँदा ५३ जनाको मृत्यु भएको छ । चीनको सरकारी टेलिभिजन सीसीटीभीले शुक्रबार घटनाबारे जानकारी दिएको छ ।
गत २९ अप्रिलमा हुनान प्रान्तको चाङ्शा शहरको एक आठतले भवन भत्किँदा दुर्घटना भएको सीसीटीभीलाई उद्धृत गर्दै रोयटर्सले खबर दिएको छ । उद्धार टोलीले भवनको भग्नावशेषबाट १० जनालाई जीवितै उद्धार गरेको छ ।
भवन भत्किनुका कारणबारे स्थानीय अधिकारीहरुले अनुसन्धान गरिरहेको र केही व्यक्तिलाई नियन्त्रणमा लिएको सीसीटीभीले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत