सरकारी चिकित्सक संघको अध्यक्षमा डा. समाज गौतम
अ +
अ -
सरकारी चिकित्सक संघ (गोदान)को अध्यक्षमा डा समाज गौतम निर्वाचित हुनुभएको छ । आइतबार भएको निर्वाचनमा डा. गौतमले डा. ऋषिकान्त अर्याललाई पराजित गर्नुभएको हो ।
वरिष्ठ उपाध्यक्षमा डा. क्षितिज सापकोटा, उपाध्यक्षमा डा.विप्लव घिमिरे, महासचिवमा डा.विजय बाबु, सचिवमा डा. विप्लव सापकोटा र कोषाध्यक्षमा डा.राकेश मिश्र निर्वाचित हुनु भएको छ ।
यस्तै, सदस्यहरुमा डा. सुरेश महर्जन, डा. विराट शर्मा, डा. सचिन यादव, डा. कपिल गौतम, डा. रोशन ग्वाछा, डा. अमृत पन्थी, डा. प्रकाश ढकाल, डा. कुसल खनाल र डा. देवराज कंडेल निर्वाचित हुनुभएको छ ।
तपाईँको अभिमत