नर्सिङ संघको चुनाव आज

फाइल तस्विर
आज नेपाल नर्सिङ संघको २० औं कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ ।
निर्वाचनमा अध्यक्ष पदका लागि ३ जनाले उम्मेदवारी दिनुभएको छ । संघको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी निकट रहेका नर्सहरुले प्रगतिशील प्यानल बनाएर र नेपाली कांग्रेस र एकीकृत समाजवादी निकटहरुले संयुक्त नर्सिङ पेशागत प्यानल बनाएर उम्मेदवारी दिएका छन्।
साथै अध्यक्षमा एमाले निकट बसन्ती थापाले बागी उम्मेदवारी दिनुभएको छ । महासचिवमा प्रगतिशील प्यानलबाट एमालेनिकट डा। देवका कुमारी आचार्य र पेशागत प्यानलबाट कांग्रेसनिकट मीनाकुमारी कार्कीको उम्मेदवारी परेको छ। महासचिवमै जानकी धामीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रगतिशीलबाट एमाले निकटका रमेश सुब्बा उम्मेदवार रहनु भएको छ भने पेशागतबाट वरिष्ठ उपाध्यक्षमा कांग्रेसनिकट कल्पना श्रेष्ठ जोशी उम्मेदवार हुनुन्छ ।
उपाध्यक्षमा प्रगतिशीलबाट माओवादीनिकट बबिता घिमिरे र पेशागतबाट कांग्रेसनिकट मनिषा कोइरालाको उम्मेदवारी परेको छ।
कोषाध्यक्षमा प्रगतिशीलबाट तुलसा देवी अधिकारी र पेशागतबाट रमा देवी पहारी ज्ञवालीको उम्मेदवारी परेको छ। यस्तै सचिव पदमा प्रगतिशीलबाट बेली पौडेल र पेशागतबाट जया मिश्राको उम्मेदवारी परेको छ।
सदस्यहरुमा प्रगतिशील समूहबाट मेनुका पोख्रेल, हरि कोजु, कला बस्याल, कोपिला विश्वकर्मा, पासपति जयसवाल, सवेनाज वेगम, जानुका मोक्तान र शान्ति कुमारी विश्वकर्मा रहनु भएको छ ।
पेशागत समूहबाट सदस्यहरुमा सानु कुमारी विष्ट, रुपा देवी थापा, रती पक्वाङ्ग, निशा विक, अन्जु ठाकुर, जाफ्रे आलम अंसारी, सफला बुढाथोकी र सिता कुमारी प्याकुरेल हुनुन्छ ।
यस्तै, परिषद् सदस्यमा प्रगतिशीलबाट राधादेवी आचार्य सुमिता पाठक र राजदेवी अधिकारी र पेशागतबाट ज्ञानु महर्जन मित्रा देवकोटा र सरला केसीले उम्मेदवारी दिनु भएको छ ।
संघमा १५ हजार ५ सय २७ नर्स आबद्ध रहेका छन् । जसमध्ये आधाभन्दा बढी नर्स विदेशमा काम गरिरहेका छन्। नर्सहरुले आफ्ना हक हितका लागि काम गर्ने नेतृत्व खोजिरहेका छन् ।
तपाईँको अभिमत