चाडपर्वमा आकस्मिक स्वास्थ्य सेवा चुस्तदुरुस्त राख्नू : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक विदाका दिनहरुमा आकस्मिक स्वास्थ्य सेवा चुस्तदुरुस्त राख्न सबै अस्पताहरुलाई निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विज्ञप्ति निकालेर अस्पतालहरुमा आकस्मिक स्वास्थ्य सेवा उपलव्धताको सुनिश्चितताका साथै आकस्मिक चिकित्सकीय समूह, आधारभूत आकस्मिक मेडिकल प्राविधिक, एम्बुलेन्स लगायतका सेवा तयारी अवस्थामा राख्न स्वास्थ्य संस्थाहरुलाई अनुरोध गर्नुभएको हो ।
साथै, स्वास्थ्य सेवा सम्बन्धी जानकारी लिन स्वास्थ्य मन्त्रालयका हटलाइन नम्वर,हरु १११५, ११३३ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
चाडपर्वका बेला हुन असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने जोखिम रहेकाले सेतो मासु, फलफूल र रेशादार खानेकुरा खानमा जोड दिन मन्त्रालयले सुझाव दिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत