स्वास्थ्य मन्त्रालयमा १ अर्ब २२ करोड बेरुजु, जनशक्ति नहुँदा स्वास्थ्य सेवा प्रभावित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १ अर्ब २२ करोड २८ लाख रुपैयाँँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको उनन्साठीऔं वार्षिक प्रतिवेदन अनुसार सरकारी कार्यालयतर्फका निकायमा ३ अर्ब १४ करोड ५३ लाख ३९ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि १ अर्ब ९२ करोड २५ लाख २१ हजार फस्यौट भएको छ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार स्वास्थ्यकर्मीको कुल दरबन्दी ३० हजार १०१ मध्ये ३ हजार ९९ रिक्त रहेको र यस्तो अवस्थामा नियमित स्वास्थ्य सेवामा परिचालित जनशक्ति कोभिड १९ रोगको रोकथाम, नियन्त्रण र उपचारमा संलग्न हुनपर्दा नियमित स्वास्थ्य सेवा प्रभावित भएको औल्याइएको छ ।
साथै यो वर्ष स्वास्थ्य मन्त्रालयले ३५९ स्वास्थ्य संस्थालाई ४० अर्ब ८१ करोड ८२ लाख मुल्यको स्वास्थ्य उपकण पैठारीमा राजश्व छुटको सिफारिस गरेको भएपनि उक्त सामग्री उपयोग गर्दा सेवाग्राहीले सहुलियत प्राप्त गरेको सम्बन्धमा अध्ययन नभएको पाइएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
KJG-महालेखापरिक्षकको उनन्_साठीऔँ वार्षिक प्रतिवेदन, २०७९
हेल्थपाटी 
तपाईँको अभिमत