काठमाडौंमा ३०० बेडकाे छुट्टै सरुवा रोग अस्पताल, काेराेना कालमा मन्त्रालयकाे के–के गर्याे ?
काठमाडौं । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले आफूले गरेका विभिन्न सुधारका काम र उपलब्धिहरु सार्वजनिक गरेको छ । मन्त्रालयको सोमबार नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मन्त्रालयका कार्य र उपलब्धिहरु बारे जानकारी दिनुभएको हो ।
नागरिकले राज्यबाट निःशुल्क प्राप्त आधारभूत स्वास्थ्य सेवालाई व्यवस्थापन गर्ने र आकस्मिक सेवामा नागरिकको पहुँच सुनिश्चित गर्नका लागि जनस्वास्थ्य सेवा नियमावली, २०७७ जारी गरी कार्यान्वयनमा लगेको, सात प्रदेशका १४ वटा अस्पतालबाट गरिब तथा विपन्न वर्गलाई आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन कार्यविधि जारी गरी रू. १४ करोड रकम हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी सरूवा रोग रोकथाम, नियन्त्रण र उपचार एवं स्वास्थ्य विपद् व्यवस्थापनको तयारी तथा प्रतिकार्य गर्न प्रयोगशाला परीक्षण सेवासहितको न्यूनतम ५० शय्याको प्रदेश स्तरीय अत्याधुनिक सुविधासम्पन्न सरूवा रोग अस्पताल स्थापना गर्न प्रत्येक प्रदेशमा रु ८ करोडका दरले रु ५६ करोड बजेट पठाइएको जानकारी मन्त्रालयले दिएको छ ।
काठमाडौं उपत्यकामा ३ सय शैय्याको सरुवा रोग अस्पताल स्थापना गर्न भवन तथा जग्गा खरिद सम्बन्धी कार्य प्रारम्भ भएको पनि मन्त्रालयले जनाएको छ । अस्पताल नभएका सबै ६४९ वटा पालिकाहरूमा ५ बेडको अस्थायी अस्पताल बनाउन बजेट बिनियोजन गरी स्थानीयतहमा पठाई सकिएको जानकारी प्रवक्ता गौतमले दिनुभएको छ ।
अब देशभरका कुनै पनि पालिका अस्पतालबिहीन नहुने दावी मन्त्रालयको छ । थप ३२४५ शैयाहरु थप भै कूल ६२०२ बेड थप भएको जानकारी मन्त्रालयले दिएको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरको आफ्ना काम तथा उपलब्धिहरु :
health-ministry upalabdhi
हेल्थपाटी
तपाईँको अभिमत