१५९५ जनाले जिते कोरोना, २५ संक्रमितको मृत्यु

फाइल तस्विर
अ +
अ -
काठमाडौं । आज देशभर ३१ सय ८ जनामा कोरोना पुष्टि भएको छ भने साेही अवधीमा १५ सय ९५ जना काेराेनामुक्त हुनुका साथै २५ जनाकाे नेपालको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा आज ७१९ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ५३१,भक्तपुरमा ४१ र ललितपुरमा १४७ जनालाई पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म नेपालमा ७ लाख २१ हजार ६१७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त हुनुका साथै ९६ सय ८ जनाको मृत्यु भएको छ
हेल्थपाटी
तपाईँको अभिमत