चीन, स्पेन लगायत देशहरुबाट स्वास्थ्य सामग्री आउने क्रम जारी
काठमाडौं । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि स्पेनले नेपाललाई आज स्वास्थ्य सामग्री पठाउने भएको छ । देशमा अक्सिजन लगायत स्वास्थ्यका अति आवश्यक सामग्रीहरुको अभाव हुन थालेपछि विभिन्न देशबाट सहयोग हुन थालेको हो ।
आज एक चार्टर्ड विमानमार्फत भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामग्री नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारले विभिन्न देशबाट हालसम्म ९ सय ५५ खाली सिलिन्डर ल्याएको छ ।
अक्सिजन सिलिन्डर अभाव भएपछि चीन, बहराइनलगायत देशबाट सिलिन्डर ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सिलिन्डर प्रदेशअनुसार ७५ देखि दुई सय वटासम्म वितरण गरिएको छ । जहाँ बढी सिलिन्डर आवश्यक छ, ती ठाउँका अस्पतालमा बढी सिलिन्डर दिइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हाल मन्त्रालयसँग ६० हजार अक्सिजन सिलिन्डर छन् । ती अक्सिजन सिलिन्डर पनि देशभरका आवश्यक परेका अस्पतालमा उपलब्ध गराइएको छ । अक्सिजन अभावलाई पूर्ति गर्न अझै पनि बाहिरबाट २५ हजार अक्सिजन सिलिन्डर ल्याउने तयारीमा रहेको जानकारी प्रवक्ता गौतमले दिनुभयो ।
हेल्थपाटी 
तपाईँको अभिमत