गर्भवती र स्तनपान गराइरहेका महिलालाई कोरोना खोप लगाउन माग

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट गर्भवती महिला जोखिममा रहेको र केहीको मृत्युसमेत भइरहेकाले खोपको व्यवस्थापन गर्न सरकारसँग माग गरिएको छ । नेपाल प्रसुती तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग)ले गर्भवती महिलाहरुको जीवन रक्षाका लागि खोप अपरिहार्य रहेको भन्दै उनीहरुलाई खोपको प्राथमिकतामा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरेको छ ।
नेसोगका अध्यक्ष प्राडा.गणेश दंगालले कोरोना संक्रमणबाट गर्भवती महिलाहरुको मृत्यु भइरहेकाले गर्भवती र २ वर्षदेखि स्तनपान गराइरहेका महिलाहरुलाई तत्काल खोपको प्राथमिकतामा राख्न अनुरोध गर्नुभएको छ । उनीहरुका लागि छुट्टै खोप केन्द्रको व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ । अन्तराष्ट्रिय अध्ययनहरुले एउटै उमेरका अरु महिला र गर्भवतीमध्ये संक्रमणको जोखिममा गर्भवती रहेको देखाइसकेको छ यद्यपी गर्भवतीहरुलाई खोप दिने सम्बन्धमा छुट्ै गाइडलाइन नबनेको नेसोगले जनाएको छ ।

तपाईँको अभिमत