स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिनुभयो राजीनामा
अ +
अ -
स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आइतबार पदबाट राजीनामा दिनुभएको हो ।
पछिल्लो समय स्वास्थ्य बीमा भुक्तानीको दायित्व बढेर बोर्डमा दबाब परेका वेला उहाँले राजीनामा दिनुभएको हो ।
उहाँले राजीनामा स्वास्थ्य मन्त्रालय मार्फत् प्रधानमन्त्री समक्ष बुझाउनुभएको बताइएको छ ।
तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पालामा बोर्डमा नियुक्त डा. काफ्ले नियुक्त हुनुभएको थियो । उहाँको राजीनामाको कारण हालसम्म नखुलेको बोर्डका सूचना अधिकारी विकेश मल्लले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत