सन् २०२३ मा स्वास्थ्य क्षेत्रमा विश्वमा भएका उपलब्धिहरु :
सन् २०२३ मा विश्व स्वास्थ्य संगठनले आफ्नो स्थापनाको ७५ वर्षगाँठ मनायो । धेरै प्रकारका र जटिल चुनौतीको सामना गर्दै ७५ वर्षगाँठ मनाइरहँदा सोही वर्ष विश्वव्यापी स्वास्थ्यका उपलब्धीहरु प्नि भए ।
विश्वव्यापी एकतामा सँगै काम गर्दा विगतका जटिल चुनौतीहरुको सामना गर्न सक्षम बनाएको, र भविष्यमा पनि एकतावद्ध भई काम गर्न प्रतिवद्ध रहेको संगठनले बताएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२३ मा भएका विश्वव्यापी उपलब्धिहरु :
- वर्ष २०२३ रोग उन्मूलनको लागि रेकर्ड वर्ष रह्यो, धेरै देशहरुले आफ्नो राष्ट्रिय प्रयास, विश्वभरका देश र स्वास्थ्उ साझेदारहरुको सहयोगी गतिविधिका कारण सन् २०२३ मा विभिन्न देशहरुमा संक्रामक रोगको उन्मूलन गरेका थिए । मार्चमा अजरबैजान र ताजकिस्तान मलेरिया फ्रि घोषित भए, त्यसअघि जुनमा बेलिज मलेरिया फ्रि भएको थियो ।
- इजिप्ट विश्वकै पहिलो हेपाटाइटिस सि उन्मूलन देश बन्यो । १० वर्ष अगाडिसम्म इजिप्ट हेपाटाइटिस सि संक्रमणको उच्च जोखिममा रहेका देशको सूचीमा पर्दथ्यो ।
- जनवरीमा घानाले, अफ्रिकन ट्रापानोसोमियासिस रोगको उन्मूलन गर्यो । ट्रापानोसोमियासिस रोग, निन्द्रा सम्बन्धी एक प्रकारको समस्या हो ।
- मेमा बेनिन र मालिमा ट्राच्मोमा(विश्वव्यापी अन्धोपनको समस्या निम्त्याउने प्रमुख कारक) उन्मूलन भएको घोषणा गरियो ।
- बंगालादेश र लाओका समुदाय ल्याम्फाटिक फिलासिअसिस संक्रामक रोग हटाउन सफल भए । यो रोग लामखुट्टेका कारण सर्छ ।
साथै बंगलादेशमा कालाज्वर उन्मूलन भएको वर्ष पनि २०२३ नै हो ।
- सन् २०२३ सम्म आइपुग्दा कोरोना भाइरस विरुद्धको खोप विश्वका ७२ प्रतिशत जनसंख्याले (कम्तिमा एक मात्रा) लगाए ।
बालबालिकालाई लगाइने नियमित खोपको अवस्थामा सुधार गर्ने प्रतिवद्धता विश्वव्यापी भयो । सन् २०२३ मै विश्व स्वास्थ्य संगठनले मेलेरिया रोग नियन्त्रणका लागि मलेरियाविरुद्धको नयाँ खोप सिफारिस गर्यो । डेंगी विरुद्धको खोपको पनि सिफारिस सोही वर्ष भएको छ ।
- पाठेघरको मुखको क्यान्सरबाट पीडित गरीब तथा अल्पसंख्यक समुदायका महिलालाई यो रोगबाट जोगाउन खोप लगाउन सुझाइयो । ३० वटा देशले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप(एचपीभी)को प्रयोग सुरु गरेका छन् । सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप १४० वटा देशसम्म पुर्याउने लक्ष्य राखिएको छ ।
- टर्की र सिरियामा भूकम्पले क्षति पुर्यायो । भूकम्पछि निम्तनसक्ने महामारी र प्रकोपलाई नियन्त्रण गर्नेतर्फ ध्यानकेन्द्रित गरियो । नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याबाट विश्वका ७१ प्रतिशत जनसंख्यालाई जोगाउन विश्व स्वास्थ्य संगठनले सूर्तिजन्य पदार्थको प्रयोगलाई रोक्ने नीति अगाडि सार्यो ।
- ४० भन्दा बढी देशहरुले सार्वजनिक स्थानलाई सूर्तिजन्य पदार्थ मुक्त क्षेत्र घोषणा गरे ।
- विश्व स्वास्थ्य संगठनले पहिलो पटक उच्च रत्तचापका कारण विश्वलाई पारेको असरबारे एक रिपोर्ट सार्वजनिक गर्यो । ३ जना युवामा एक जना युवा उच्च रक्तचापको शिकार भएको तथ्य उक्त रिपोर्टले देखाएको छ । साथै ५ उच्च रक्तचापका बिरामीमध्ये ४ जनाले उपचारनै गर्दैनन् ।
उच्च रक्तचापको बिरामीलाई उपचारको पहुँचमा ल्याउन सके सन् २०५० सम्म उच्च रक्तचापका कारण हुने ७ करोड ६० लाख मृत्युलाई जोगाउन सकिने संगठनले जनाएको छ ।
- यसैगरी सन् २०२३ मा विश्वमा सडक दुर्घटनाका घटनामा कमी आएको छ । संगठनका अनुसार सन् २०१० को तुलनामा सडक दुर्घटनाबाट हुने मृत्युमा ५ प्रतिशतले कमी आएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत