जाडोमा संक्रामक रोगको जोखिम, कुन-कुन भाइरसबाट हुन्छ खतरा ?(भिडियो)
जाडो समयमा संक्रामक रोग बढी देखिने गरेको छ। यो समयमा संक्रामक रोगमा पनि श्वासप्रश्वासजन्य रोगको संक्रमण बढी हुने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख मेडिकल टेक्नोलोजिष्ट संक्रामक रोग विभाग प्रमुख लिली श्रेष्ठले जानकारी दिनुभयो।
उहाँका अनुसार जाडो समयमा विशेषगरी श्वासप्रश्वास सम्बन्धी र झाडापखाला लगाउने भाइरस सक्रिय हुन्छन्। जसमा इन्फ्लुएन्जा, रेस्पिरेटरी सिन्सिसल भाइरस(आरएसभी), कमन कोल्ड भाइरस, राइनो भाइरस, झाडापखाला लगाउने रोटा भाइरसहरू सक्रिय हुन्छन्।
श्वासप्रश्वास सम्बन्धी रोग लगाउने भाइरसले श्वासप्रश्वासको माध्यमबाट राेग सार्ने गर्छन् भने झाडापखाला लगाउने भाइरसले सरसफाइको कमी र खानपानको माध्यमबाट राेग लगाउँछ।
आरएसभी भाइरस २ वर्षमुनिका बालबालिकालाई संक्रमण गराउँछ। आरएसभी भाइरस हाँछ्यु गर्दा, थुकको छिटाबाट सर्छ। कोभिड - १९ सर्ने माध्यमजसरी नै श्वासप्रश्वास सम्बन्धी रोगहरू सर्छन्।
ब्याक्टेरियाको तुलनामा भाइरस एकदमै छिटो सर्ने र यसले महामारीको रुपै लिनसक्ने क्षमता हुन्छ। कोभिडको बेला बच्ने उपायहरु अवलम्वन गरियो, इन्फ्लुएन्जा भाइरसको संक्रमण कम भएको पाइयो। श्वासप्रश्वास सम्बन्धि रोगहरु कम देखियो।
एन्फ्लुएन्जा भाइरस वर्षमा २ पटक संक्रमण हुने देखिएको थियो तर कोभिडको बेला एकपटक मात्रै देखियो। त्यतिबेला हामीले मास्क लगाउने, भौतिक दुरी कायम गर्यौ, सावुनपानीले हात धोयौ, सेनेटाइजर बोकेर हिड्ने गर्थ्यौँ। सुरक्षााका उपायहरू बिर्सिँदै गर्दा अन्य रोगहरूको संक्रमण बढाइरहेको छ।
लक्षणहरू
विभिन्न उमेर अनुसार लक्षणहरू देखिछन्। रुघाखोकी लाग्ने, घाँटी दुख्ने, ३-५ दिन उच्च ज्वरो आउने, घाँटी खसखस गर्ने, निमोनियासम्म गराउँछ। इनफ्लुएन्जाले सामान्य व्यक्तिभन्दा अन्य रोगपनि रहेका व्यक्तिमा लक्षणहरु फरक-फरक देखिन्छ। बच्चा र बुढेशकालको उमेर समूहलाई बढी प्रभावित बनाउँछ। र उनीहरुमा जटिलताको जोखिम पनि बढाउँछ।
श्वासप्रश्वास सम्बन्धि रोगको परीक्षण नाँक र घाँटीमा आरटी पिसिआरबाट गरिन्छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सातै प्रदेशमा कतिबेला कुन भाइरसले संक्रमण गराइरहेको छ भनेर निगरानी गरिरहेको प्रमुख मेडिकल टेक्नोलोजिष्ट श्रेष्ठले जानकारी दिनुभयो।
रोटा भाइरस
रोटा भाइरस, भाइरस समुहमध्येको एक भाइरस हो। पुस, माघमा रोटाको संक्रमण बढी देखिने गरेको पाइएको छ। राेटाको संक्रमण भए \ नभएको निदान गर्न दिसाको नमुनाको परीक्षण गरिन्छ। जनस्वास्थ्य प्रयोगशाला सन् २०२१ देखि रोटा भाइरस संक्रमणको निगरानी गरिरहेको श्रेष्ठले जानकारी दिनुभयाे।
नेपालगंज, कान्तिबाल अस्पताल, विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट महिनैपिच्छे नमुना संकलन गरी निगरानी गरिरहेको दूषित खाना, पानीको माध्यमबाट विषाणु सर्छ। एक वर्षभन्दा मुनिका बालबालबालिकालाई रोटाको संक्रमण भयो भने अस्पतालै भर्ना गरेर उपचार गर्नपर्ने हुन्छ।
जाडे याम सुरु भएसँगै देशभर के कस्ता रोगको लक्षण देखि परीक्षण भइरहेको छ, भन्ने विषयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रमुख मेडिकल टेक्नोलोजिष्ट संक्रामक रोग विभाग प्रमुख लिली श्रेष्ठसँग हेल्थपाटीका लागि तुलसा घिमिरेले कुरा गर्नुभएको छ। उहाँसँग गरिएको कुराकानी भिडियोमा हेर्न सक्नुहुन्छ।
तपाईँको अभिमत