सिअहेब मनोजकुमार पण्डितको निधन
अ +
अ -
बारा जिल्लाको विश्रामपुर गाउँपालिका अन्तर्गत इटीयाही स्वास्थ्य चौकीका सिनियर हेल्थ असिस्टेन्ट मनोजकुमार पण्डितको निधन भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा हिजो साँझ ६ बजेतिर निधन भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिअहेब पण्डित केही समयदेखि मुटु, मिर्गाैला सम्बन्धी रोग तथा रक्तअल्पताको समस्याबाट ग्रसित हुनुहुन्थ्यो । हिजो साँझ पण्डितको डाइलाइसिसको तयारी गर्दैगर्दा निधन भएको ठाकुरले बताउनुभयो ।
३३ वर्षका ठाकुर हालैमात्र चौंथोतहबाट पाचौंमा बढुवा हुनुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत