वायु प्रदुषण अत्याधिक छ, घरबाहिर ननिस्कनु : वातावरण विभाग
अ +
अ -
काठमाडौं । वातावरण विभागले काठमाडौं उपत्यकामा वायु प्रदुषणको स्तर अध्याधिक रहेकाले अनावश्यक घरबाहिर ननिस्कन सर्वसाधरणलाई अपिल गरेको छ ।
विहान र वेलुकाको समयमा प्रदूषण झनै बढेको पाइएकाले विशेषगरी बालबालिका, बृद्ध–बृद्धा एवं दम खोकी जस्ता श्वासप्रश्वास र मुटुका बिरामीलाई सकेसम्म घरबाहिर ननिस्कन विभागले अनुरोध गरेको हो ।
काठमाडौं उपत्यका बाहेक तराईका शरहरु नेपालजञ्ज, विराटनगरमा पनि वायु प्रदुषण उच्च भएको पाइएकाले तराइवासीलाई पनि विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ । साथै,फोहोर बाल्दा र आगो बाल्दा वायु प्रदुषण झनै बढ्ने भएकाले यस्ता कार्य नगरिदिन पनि सबैलाई विभागले अपिल गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत