विवादित डिम्ब कारोबार प्रकरण : छानबिन समितिको संयोजक नै स्वार्थ बाझिने व्यक्ति
विवादास्पद डिम्ब कारोबारमा संलग्न हुन सक्ने निजी आइभिएफ सेन्टरहरूबारे छानबिन गर्न सरकारले नै स्वार्थ बाझिने व्यक्तिलाई संयोजक बनाएको खुलासा भएको छ। स्वास्थ्य मन्त्रालयले छानबिनको जिम्मा निजी आइभिएफ सेन्टरकै सञ्चालकलाई दिएको हो, जसले निष्पक्षता र पारदर्शितामा गम्भीर प्रश्न खडा गरेको छ।
स्वास्थ्य मन्त्रालयले २ साउनमा बिजुलीबजारस्थित होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि र महाराजगन्जस्थित एन्जल फर्टिलिटी क्लिनिकको अनुगमन र प्रतिवेदनका लागि समिति गठन गरेको थियो। सो समितिको संयोजक बनाइनुभएएकी डा. ज्वाला थापा स्वयं प्यासिफिक आइभिएफ सेन्टरकी सञ्चालक रहेको खुलेको नयाँ पत्रिकाले समाचार लेखेको छ । उहाँ हाल थापाथली प्रसूति गृहमा सरकारी चिकित्सकका रूपमा कार्यरत हुनुहुन्छ ।
समितिमा स्वास्थ्य मन्त्रालयमा कार्यरत डा. सुनिता लम्साल र कानुन अधिकृत सुरेश चौलागाईं पनि सदस्यका रूपमा रहहनुभएको छ । तर संयोजककै स्वार्थ बाझिने स्थिति देखिएपछि छानबिनको निष्पक्षतामाथि प्रश्न उठेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार समिति गठन गर्दाका बेला डा. थापा निजी आइभिएफ सेन्टरको सञ्चालक हुन् भन्ने जानकारी थिएन।
हेल्थपाटी
तपाईँको अभिमत