सीटीईभीटीको सदस्य सचिवमा महेश भट्टराई
अ +
अ -
सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ९सीटीईभीटी०को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले भट्टराईलाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
सदस्य सचिवका लागि अरविन्दकुमार चौधरी, महेश भट्टराई, भुवनेश्वर ढुङ्गाना, नलराम देवकोटा, टेकबहादुर मल्ल, अनोज भट्टराई, विनोद बडाल र प्रमोदभक्त आचार्य प्रतिस्पर्धामा हुनुन्थ्यो ।
जीवनारायण काफ्लेको उमेर हदका कारण अवधि सकिएपछि सीटीईभीटीको सदस्य सचिव पद रिक्त थियो । काफ्लेको अवधि सकिएसँगै भट्टराईलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिइएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत