संक्रमितको संख्या एकसाताकै कम
काठमाडौं । शनिबार देशभर थप २ हजार २२५ जनालाई कोरोना भाइरस संक्रमण भएको छ । संक्रमितको यो संख्या एक साताकै कम हो । कार्तिक सुरु भए यता शनिबार सबैभन्दा कमलाई कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कार्तिक ६ देखि ७ गतेसम्म १३ हजार ८४६ जनाको पीसीआर परीक्षण भयो । कार्तिक ७ गते १६ हजार ८६३ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ४९९ जनालाई कोरोना पुष्टि भयो ।
कार्तिक ६ गते ३ हजार ६३७ जनालाई कोरोना पोजेटिभ देखियो, सो दिन १५ हजार २५५ जनाको कोरोना परीक्षण भएको थियो । यस्तै कार्तिक महिनामा ५ गते हालसम्मकै उच्च संख्यामा संक्रमित थिए । २० हजार ११८ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७४३ जनामा कोरोना पुष्टि भयो ।
कार्तिक ४ गते १३ हजार ८६१ जनाको पीसीआर परीक्षण हुँदा ३ हजार ९३ लाई संक्रमण पुष्टि भयो भने कार्तिक ३ गते ३ हजार ७९० जनालाई कोरोना संक्रमण भयो । कार्तिक २ गते १४ हजार ८७५ जनाको पीसीआर परीक्षण गरिएकोमा २ हजा। ९४२ लाई कोरोना पुष्टि भएको थियो ।
हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । संक्रमितमध्ये १ लाख ८ हजार ३३४ जना निको भएका छन् । यस्तै ८४२ कोरोना संक्रमितको मृत्यु भइसकको छ ।
तपाईँको अभिमत