भारतमा कोरोना खोप लगाएपछि मृत्यु हुनेको संख्या २७ पुग्यो
काठमाडौं । भारतको कोरोना खोप लगाएपछि मृत्यु हुनेको संख्या २७ पुगेको छ । भारतीय मिडियामा आएका खबर अनुसार पछिल्लो २४ घण्टामा खोप लगाएका ३ जनाको मृत्य भएको हो । उनीहरुले करिब ८–९ दिन अगाडि कोरोना खोप लगाएका थिए ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै भास्कर डटकमले जनाए अनुसार मृत्यु हुनेहरु ३५ ३८ र ५८ वर्ष उमेरका हुन् । उनीहरु मध्य प्रदेश, राजस्थान र हरियाणा निवासी हुन् । यसअघि खोप लगाएका २४ जनाको मृत्यु भएको थियो । मृत्यु हुने मध्ये ११ जनाले अस्पतालमै ज्यान गुमाएका थिए ।
१६ जनाको अस्पताल बाहिर मृत्यु भएको हो। भारतको स्वास्थ्य मन्त्रालयले दिएको रिपोर्ट अनुसार २५ जनाको पोस्टमार्टम रिपोर्ट आइसकेको छ ।
उनीहरुको मृत्युको फरक–फरक कारण देखिएको छ । दुई जनाको रिपोर्ट आउन बाँकी छ । उनीहरुको मृत्यु हुनुको कारण खोप लगाउनु नभई अन्य रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत