थप ५ संक्रमितकाे मृत्यु, मृतकको संख्या १८०३

फाइल तस्विर
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा ५ जना संक्रमितकाे मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ८०३ पुगेको छ ।
आज देशभर ७४३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार ६ हजार ५५९ जनाको पीसीआर परीक्षण भएकोमा ७४३ जनालाई पोजेटिभ देखिएको हो ।
आज थपिएकासँगै कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ ।यस्तै, २४ घण्टामा ९५२ संक्रमित कोरोनामुक्त भएका छन् ।
यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ४६ हजार ६६१ पुगेको छ । अहिले देशभर ७ हजार ५१५ संक्रिय संक्रमित रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत