मिर्गौला बाँडेर सँगै बाच्न पाउँदा खुसी दम्पती
पोखरा / पोखराको बुद्धचोकस्थित आर्शीवाद हस्पिटल छेउको गल्लीबाट भित्र जाँदा तीनवटा घर पछाडि छ शारदा पराुजलीको घर । भर्खरै मिर्गौला प्रत्यारोपण गराएर नयाँ जीवन पाउनुभएकी शारदा स्वास्थ्यलाभ गरिरहनुभएको छ।
४६ वर्षीया शारदाको असोज ३ मिर्गौला प्रत्यारोपण गरिएको हो। कुनै संक्रमण हुन्छ की भनेर निकै सजक छन् शारदाको परिवार । त्यसैले उहाँलाई छुट्टै कोठामा राखिएको छ । जोकोहीलाई कोठामा आउजाउ गर्न स्विकृति छैन । कोही भेट्न आइहालेमा सेनिटाइजर प्रयोग गरेर मात्र प्रवेश पाउन छन् । मास्क अनिवार्य छ ।
आमालाई कुनै किसिमको स्वास्थ्य समस्या नहोस् भनेर शारदाका छोराछोरी सजग छन् । शारदा मास्क र फेससिल्ड लगाएरै आराम गरिरहनुभएको थियो।
बाहिर अर्को कोठामा श्रीमान् बलराम पराजुली पनि आराम गरिरहनुभएको भेटिनुभयो । उहाँले नै शारदालाई मिर्गौला दिनुभएको हो।
तनहुँको भिमाद घर भएकी शारदालाई २ वर्ष अगाडि एक्कासी स्वास्थ्यमा समस्या देखियो।
पोखराको मणिपाल अस्पतालमा लैजादाँ मिर्गौला खराब भएको थाहा भयो । त्यसपछि उहाँ थप उपचारको लागि काठमाडौंको त्रिवि शिक्षण जानुभयो।
त्यहाँ जाँदा पत्ता लाग्यो मिर्गौला खराब भन्दा पनि खुम्चिएर सानो भएकोले समस्या भएको हो । मिर्गौला प्रत्यारोपण गर्नुकै विकल्प नभएको डाक्टरले सुनाए ।
त्यसपछि शारदाले मासिक १०/१२ हजारको औषधी सेवन गर्न थाल्नुभयो। औषधिले काम गर्न छाड्यो । गत जेठबाट डायलासिस गराउनु पर्ने भयो । शारदाले निकै हरेक खानुभएको थियो । तर पति बलरामले ढाडस दिइरहनुभयो। 'चिन्ता नलिउ म एउटा मिर्गौला दिन्छु, जति बाचिन्छ सँगै बाच्नुपर्छ' भनेर आश्वासन दिइरहनुभयो । आफन्तले पनि हरेस नखान भनिरहन्थे।
परीक्षण गर्दा बलरामको मिर्गौला दिन मिल्ने भयो । शारदालाई बाच्चे आशा पलायाे । ४ महिना डायलासिस गराएर असोज ३ गते मिर्गौला प्रत्यारोपण गरियो । उहाँका पनि ५० वर्षीय बलारामले नै मिर्गौला दिनुभयो। मिर्गौला बाँडेर पत्नीलाई बचाउन पाएकोमा बलराम पनि दंग हुनुहुन्छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शारदाको मिर्गौला प्रत्यारोपण भएको हो । यसै वर्षदेखि यस अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएको थियो । शारदाअघि यहाँ ३ जनाको मिर्गौला प्रत्यारोपण भइसकेको थियो।
भक्तपुरस्थित धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले मिर्गौला प्रत्यारोपण सुरु गरेको हो।
अब मिगौला प्रत्यारोपण गर्न काठमाडौं नै जानुपर्ने झन्झट हटेको छ।
यो अस्पतालमा मिर्गौला प्रत्यारोपण पोखरामै पहिलोपटक भएको हो ।
पोखरामै मिर्गौला प्रत्यारोपण गर्न पाएकोमा शारदा र उहाँको परिवार पनि निकै खुसी छ। उपचारका लागि काठमाडौं धाउनु पदाृ निकै सास्ती व्यहोर्नु परेको शारदा सुनाउनुहुन्छ । पोखरामा प्रत्यारोपण गर्न पाउँदा धेरै राहत मिलेको उहाँको भनाइ छ ।
पोखरमै मिगौला प्रत्यारोपण गर्नुपर्छ भनेर गत आर्थिक वर्षदेखि प्रकिया सुरु भएको अस्पतालका निर्देशक डा. भरत खत्री बताउनुहुन्छ।
१४ महिनापछि अहिले बल्ल गण्डकी प्रदेशमै यो सेवा सञ्चालन गर्न सफल भएको उहाँको भनाइ छ । खत्रीका अनुसार राष्ट्रिय प्रत्यारोपण केन्द्रका डा. पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा. प्रकाश क्षेत्री, डा. अनुप चापागाईं डा. माया लामा, डा. जुजु श्रेष्ठ, डा. अमृत केसीको मेडिकल टिमले प्रत्यारोपण गरेको हो।
असार ९ गते पहिलो मिर्गौला प्रत्यारोपण गरिएको थियो। सबैको मिर्गौला प्रत्यारोपण खर्च अस्पतालले व्यहोरेको डा.खत्रीले जानकारी दिनुभयो । अब सबै विरामीको लागि सरकारी तवरबाटै निःशुल्क मिर्गौला प्रत्यारोपण गराउन पहल भइरहेको पनि खत्रीले बताउनुभयो।
पोखरामै मिर्गौला प्रत्यारोपण गराउन नियमित गर्न सरकारले पर्याप्त जनशक्ति उपलब्ध गराउन र प्रदेशमै धेरै जनाको डाइलासिस गराउने व्यवस्था महानगरले गरिदियोस् भन्ने उहाँको अपेक्षा रहेको छ ।
सरकारले मिर्गौला बिरामीका लागि निःशुल्क डायलासिसको व्यवस्था गरेको छ । तर अत्यधिक बिरामीको चापले गर्दा समयमै उपचार पाउन धेरैले बाहिर निजी अस्पतालमा महँगोमा डायलासिस गराउन बाध्य छन् ।
मिर्गौला प्रत्यारोपण गर्नुअघि अंग प्रत्यारोपण स्वीकृति समितिले नाता प्रमाणितलगायत र अंग दान गर्नसक्ने स्वीकृति प्रदान गरेको छ। मिर्गौला प्रत्यारोपणका लागि यस्तो समिति क्षेत्रीय अस्पतालमा बनिसकेको छ।
मिर्गौला प्रत्यारोपण गरेका बिरामीले यसअघि नै काठमाडौंमा समेत उक्त प्रक्रिया पूरा गरेका थिए । पोखरामा समेत उक्त समितिले स्वीकृति दिएको हो । नेपालमा मिर्गौला दान परिवारका सदस्यले मात्रै गर्न सक्ने कानुनी व्यवस्था छ । गण्डकी प्रदेशभरि सयौं बिरामीको मिर्गौला फेल भई क्षेत्रीय लगायत अन्य अस्पतालमा डायलाइसिस गराइरहेका छन्। तिनीहरुको दीर्घकालीन उपचार भनेको मिर्गौला प्रत्यारोपण हो।
उमा आलेमगर
तपाईँको अभिमत