भारतमा बालबालिकालाई कोरोना खोपकाे परीक्षण सुरु
काठमाडौं । भारतले कोरोनाविरुद्धको खोप बालबालिकामा परीक्षण गर्न सुरु गरेको छ ।
भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन खोप बालबालिकामा परीक्षण सुरु गरेको हो । यो खोपलाई भारतको औषधि नियन्त्रण विभागले गत मे ११ मा बालबालिकामा क्लिनिकल ट्रायलको अनुमति दिएको थियो ।
भारतको नीति आयोगका स्वास्थ्य सदस्य विके पलले भारतीय औषधि नियन्त्रण विभागले २ देखि १८ वर्ष उमेरका बालबालिकामा यो खोप दोस्रो र तेस्रो क्लिनिकल परीक्षणका लागि अनुमति दिइसकेको बताउनुभएको छ ।
भारतले गत जनवरी १६ देखि विश्वकै सबैभन्दा ठूलो खोप अभियान सुरु गरेको छ । हालसम्म सबै स्वास्थ्यकर्मीले खोप प्राप्त गरिसकेका छन् भने फ्रन्टलाइनमा रहेर काम गर्ने सुरक्षाकर्मी लगायतलाई पनि खोप प्रदान गरिसकिएको छ । भारतमा झण्डै २२ करोडलाई खोप दिइसकिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत