कोरोनाकाे कारण ब्रोडकाष्टिङ एसोसियसन अफ नेपालका अध्यक्ष न्यौपानेको निधन
अ +
अ -
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट ब्रोडकाष्टिङ एसोसियसन अफ नेपाल बानका अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ । १५ दिन अगाडि संक्रमण पुष्टि भई विराट अस्पतालमा उपचार भइरहेकोमा आज विहान ८ वजे उहाँको निधन भएको हो ।
संक्रमण पुष्टि भएपछि उहाँ केही दिन घरमै आइसोलेसनमा हुनुन्थ्यो । स्वास्थ्यमा समस्या देखिएपछि मात्रै उहाँ अस्पताल भर्ना हुनुभएको थियो । स्वास्थ्यमा जटिलता उत्पनन्न भएपछि उहाँलाई ४ दिन अगाडि भेन्टिलेटरमा राखिएको थियो ।
स्थापनाकाल देखिनै उहाँ सप्तकोशी एफएममा आवद्ध हुनुन्थ्यो । मार्केटिङ म्यानेजर हुँदै हाल एफएमको प्रवन्ध निर्देशक हुनुन्थ्यो । उहाँ विज्ञापन बोर्डको सदस्यसमेत हुनुन्थ्यो ।
हेल्थपाटी
तपाईँको अभिमत