टेकु अस्पतालमा एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बीमा
अ +
अ -
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बिमा सुरु भएको छ ।
अस्पतलका निर्देशक डा. अनुप बास्तोलाका अनुसार सो अस्पतालमा नियमित एआरटी औषधि सेवन गरिरहेका एचआइभी संक्रमितको बिहीबारदेखि निःशुल्क स्वास्थ्य बिमा सुरु भएको हो ।
अस्पतालबाट २ हजार ११ जनाले नियमित एआरटी औषधि लिइरहेको उहाँले बताउनुभयो । स्वास्थ्य बिमामा आवद्ध भएका एचआइसी संक्रमितहरुले वार्षिक एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार पाउने उहाँले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत