हरेक वर्षको फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिना घोषणा गरिने, १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

सांकेतिक तस्बिर ।
अ +
अ -
हरेक वर्ष फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिनाका रूपमा घोषणा गरिने भएको छ । सरकारको नीति तथा कार्यक्रमा यस्तो उल्लेख गरिएको हो ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेले संघीय सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताउनुभएको हो ।
हरेक वर्षको फागुन महिनालाई नसर्ने रोगको स्क्रिनिङ महिना घोषणा गरी विभिन्न कार्यक्रम गर्ने प्रस्ताव गरिएको छ । चालु आर्थिक वर्षको फागुन महिनालाई पनि नसर्ने रोगको स्क्रिनिङ महिना घोषणा गरिएको थियो ।
यसैगरी १४ वर्षमुनिका बालबालिकामा हुने क्यान्सररोगको निःशुल्का उपचार गर्न नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत