खराब मौसमका कारण ६ वटा विमानस्थलहरू बन्द
अ +
अ -
खराब मौसमका कारण शनिबार बिहानदेखि देशका विभिन्न विमानस्थल बन्द गरिएका छन् । आन्तरिक उडानतर्फ काठमाडौँसहित कम्तीमा ६ वटा विमानस्थल बन्द गरिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका छन्।
यी विमानस्थलहरू बिहानैदेखि बन्द रहेका छन्। सुर्खेत विमानस्थल भर्खरै सञ्चालनमा आएको छ। तर काठमाडौँ विमानस्थल आन्तरिक उडानका जहाजका लागि बन्द भएपछि देशभरका सबै विमानस्थलको उडान प्रभावित भएका छन् ।
हेल्थपाटी 
तपाईँको अभिमत