४६ हजार बढी संक्रमित घरैमा, होम आइसोलेसनमा रहँदा ध्यान दिनपर्ने कुराहरु :
अघिल्लो सातादेखि नेपालमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । कोरोना परीक्षण गरिएकामध्ये आधाभन्दा बढीलाई संक्रमण पुष्टि भइरहेको छ । दिनदिनै संक्रमण संख्याले रेकर्ड ब्रेक गरिरहेको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरु अबको एक हप्तासम्म दिनको २० हजारसम्म संक्रमित पुष्टि हुने बताइरहेका छन् । यद्यपी माघ महिनाभर संक्रमणको चुनौती रहेको र तेस्रो हप्तादेखि विस्तारै ओरालो लाग्दै जाने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ ।
संक्रमणदर बढेपनि अस्पताल भर्ना हुने दर भने न्यून रहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.कृष्ण पौडेलले ५० हजार सक्रिय संक्रमित नाघिसक्दा पनि अस्पताल भर्नाहुने दर अत्यन्तै कम रहेको बताउनुभयो । नेपालमा पनि ओमिक्रोन भेरियन्ट अत्याधिक फैलिएको र उक्त भेरियन्टबाट संक्रमित भएकारुमा डेल्टाभन्दा कम जोखिम देखिएको अध्ययनले देखाइसकेको उहाँको भनाइ छ ।
पौडेलले ओमिक्रोन भेरियन्ट धेरैजसो माथिल्लो श्वासप्रश्वास प्रणालीमा रहने र त्यहाँ लक्षण गराउने विशेषगरि घाँटी दुख्ने,नाक बन्द हुने, हल्का ज्वरो आउने, स्वर बसेको जस्ताे हुने, शरीर गलेको जस्ता लक्षण धेरैलाई देखिएको बताउनुभयो । ओमीक्रोनबाट फोक्सोमा असर तुलनात्मक रुपमा कम देखिएको र धेरैजसो अस्पताल बस्न नपर्ने, धेरैलाई अक्सिजन दिन नपर्ने देखिएको उहाँले जानकारी दिनुभयो ।
अहिले ४६ हजार ५१५ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । १४ सय १४ जना संस्थागत आइसोलेसन जसमा १६९ जना आइसियु र २८ जना भेन्टिलेटरमा उपचाररत छन् । प्रायजसो संक्रमित घरमै रहेको होम आइसोलेसनमा रहेकाबेला ध्यान दिनपर्ने कुरामा सचेत रहनपर्ने पौडेलेको सुझाव छ । होमआइसोलेसनबारे इडिसिडिले हातेपुस्तिकानै तयार गरेको छ ।
होम आइसोलेसनमा कस्ता व्यक्तिहरु बस्न सक्छन ?
- लक्षण नभएका वा सामान्य लक्षणहरु भएका संक्रमित व्यक्तिहरु धासप्रवासमा समस्या वा सास फेर्न गाह्रो नभएका व्यक्तिहरु अक्सिजनको मात्रा ९४ प्रतिशत वा त्यो भन्दा बढी भएमा
- सामान्य अवस्थामा स्वास दर प्रति मिनेट २३ सम्म भएमा सजिलोसंग खान,पिउन सक्ने व्यक्तिहरु आफ्नो स्वास्थ्य समस्या अनुगमन गर्न सक्ने व्यक्ति बढी जोखिममा नपर्ने व्यक्तिहरु जस्तै उच्च रक्तचाप,मटको समस्या मृगौलाको रोग,क्यान्सर,मधुमेह आदिको समस्या नभएका र ६० वर्ष उमेर ननाघेका व्यक्ति । यस्ता व्यक्तिले चिकित्सक वा स्वास्थ्यकर्मीको परामर्श लिएर मात्र होम आइसोलेसन बस्नु पर्दछ ।
आइसोलेसन कोठा कस्तो हुनुपर्छ ?
-हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठा, सम्भव भएसम्म स्नानघर र शौचालयको छट्टै व्यवस्था,
-सरसफाईको लागि साबुन, पानी र अन्य सामग्रीको छुटै व्यबस्था
आइसोलेसनमा बस्दा पालना गर्नु पर्ने नियमहरु :
- आइसोलेसन अवधिभर घर बाहिर ननिस्कने र आवश्यक सामग्री परिवाररछर छिमेकिलाई व्यवस्थापन गर्न अनुरोध गर्ने
- घर भित्र संक्रमित व्यक्तिले हिडडुल कम गर्ने घरका अन्य व्यक्तिहरु बस्ने कोठामा अवातजावत नगर्ने यदि सम्भव नभएमा अनिवार्य रुपमा मास्कको प्रयोग गरी कम्तिमा २ मिटरको भोतिक दुरी कायम गर्ने
- स्तनपान गराईरहेकी आमा भएको अवस्थामा, आमाको दुधबाट कोभिङ १९ को संक्रमण सर्ने सम्भावना न्यून रहेको तथा स्तनपान बालबालिकाको लागि अमृत समान भएकोले सावधानी पुर्बक नियमित रुपमा स्तनपान गराउने ।
- स्तनपान गराउँदा अनिवार्य रुपमा मेडिकल मास्क उचित तरिकाले प्रयोग गर्ने साथै बच्चालाई छुनु अघि र पछि अनिवार्य रुपमा साबुन पानीले हात धुने वा स्थानीटाइजरको प्रयोग गरि हात सफा गर्ने र जनस्वास्थ्यका अन्य मापदण्डहरुको पालना गर्ने ।
- बिरामीको हेरचाह सम्भब भए सम्म दीर्घ रोग नभएको कुनै एकै व्यक्तिले गर्ने बिरामी पूर्ण रुपमा निको नहुन्जेल वा आइसोलेसनबाट नछुटे सम्म घरमा बाहिरका मानिसलाई आउन नदिने सम्भब भए सम्म एसी वा पंखा प्रयोग नगर्ने, गर्नै पर्ने अवस्थामा झ्याल ढोका खुला राख्ने ड्ड बिरामीले अनिवार्य रुपमा मेडिकल मास्कको प्रयोग गर्ने
साथै दैनिक रुपमा नयाँ मास्क परिवर्तन गर्ने, यदि मास्क सिंगान, थुक, खकारले भिज्यो, फोहोर भयो वा च्यातियो भने तत्काल मास्क परिवर्तन गर्ने र सुरक्षित तरिकाले बिसर्जन गर्ने
- बिरामीको हेरचाह गर्ने व्यक्तिले पनि बिरामी बसेको कोठामा जानु पर्दा अनिवार्य रुपमा उचित तरिकाले मेडिकल मास्कको प्रयोग गर्ने र प्रयोग गरेको मास्कलाई सुरक्षित तरिकाले बिसर्जन गर्ने साथै मास्क लगाउनु अघि पछि अनिवार्य हात धुने होम आइसोलेसनमा बसेको घरबाट सर सामान लिन वा अन्य आवस्यक काम परेमा एक जना मात्रै बाहिर जाने, बिरामीको प्रत्यक्ष स्याहार गर्ने व्यक्ति नजाने
- बिरामीले प्रयोग गरेका भाडाहरुलाई सुरक्षित तरिकाले सम्भब भए सम्म बिरामी आफैले सफा गर्ने र राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयोग गर्ने
- स्नान घर वा शौचालयको प्रत्येक प्रयोग पछि डिटरजेन्ट। डिसइन्फेक्टेन्टले राम्रोसँग सफा गर्ने बिरामीले प्रयोग गर्ने ब्रस, मन्जन, रुमाल साबुन तथा विभिन्न व्यक्तिगत सर सफाईका समानहरु छुटै राख्ने र अरुलाई प्रयोग गर्न नदिने संक्रमित व्यक्तिले प्रयोग गरेको कपडा सके सम्म आफैले धुने ।
- बालबालिका तथा अशक्तको हकमा हेरचाह गर्ने व्यक्तिले मास्क, पन्जा लगाएर मात्र कपडा धुने नियमित रुपमा ब्यायाम वा योग गर्ने
आइसोलेसनमा बस्दा वातावरणीय सरसफाइ तथा निसंक्रमणका प्रकृया
- संक्रमित व्यक्तिको कोठा तथा कोठामा भएका धेरै छोइने सतहहरु जस्तै टेबल, फर्निचर, झ्यालढोकाको ह्यान्डललाई कम्तिमा दिनको एक पटक साबुन पानीले सफा गर्ने र घरयासी प्रयोग गरिने क्लोरिनको ०.१प्रतिशत झोलले पुछ्ने । यसो गर्दा अनिवार्य रुपमा मास्क र पन्जाको प्रयोग गर्ने । यसरी पुछेको १ मिनेट पछि पुछेको ठाउँ निसंक्रमित हन्छ ।
- सक्रमित ब्यक्तिले दैनिक प्रयोग गर्ने भाडाकडालाई प्रयोग गरे पछि साबुन पानीले सफा गर्ने संक्रमित व्यक्तिले प्रयोग गरेको कपडाहरुलाई सुरक्षित तरिकाले झोलामा जम्मा गर्ने तथा त्यस्ता सामग्रीलाई सकेसम्म अन्य व्यक्तिले पन्जा र मास्कको प्रयोग गरेर सर्फ वा साबुनले राम्रोसंग धुने । यसरी लुगा धोई सकेपछि ०.०५ प्रतिशत क्लोरिनको झोलमा लुगालाई डुबाउने र ३० मिनेट पछि सुकाउने । यसो गर्दा संक्रमित व्यक्तिले प्रयोग गरेको लुगा निसंक्रमित हुन्छ ।
- अथवा यदि वासिंग मेशिन छ भने ६० देखि ९० डिग्री सेल्सियस तापक्रममा धुने र सुकाउने यदि यी कामको लागि पुनस्प्रयोग गर्न मिल्ने बाक्लो पन्जा प्रयोग गरिएको छ भने सो पन्जालाई राम्रोसँग साबुन पानीले धुने र ०.१५ क्लोरिन झोलले निसक्रमण गर्ने , पुनस्प्रयोग गर्न नमिल्ने पन्जालाई प्लास्टिकको झोलामा जम्मा गरि ७२ घण्टा पछि अन्य फोहर जस्तै तोकिएको ठाउँमा बिसर्जन गर्ने।
हेल्थपाटी
तपाईँको अभिमत