२४१ लाई संक्रमण पुष्टि हुँदा २२८ जना निको, शुन्य मृत्यु
अ +
अ -
८ हजार ८९७ जनाको कोरोना परीक्षण हुँदा २४१ जनालाई संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २२८ जना निको भएका छन् भने एक जनाको पनि मृत्यु भएको छैन ।
अहिले सक्रिय संक्रमित ४ हजार ८७१ छन् । २४ घण्टामा ५६ हजार ११२ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।
हालसम्म ९ लाख २४ हजार ३९८ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ८ लाख ११ हजार ७४६ जना निको भएका छन् भने कोरोना संक्रमणका कारण ११ हजार ५९० जनाको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत