पुस ४ गतेदेखि बालबालिकालाई मोर्डना खोप दिइदै, विद्यालयमै खोप केन्द्र
सरकारले पुस ४ गतेदेखि विद्यालयमै केन्द्र राखी १२ देखि १८ वर्षका विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख सागर दाहालले ५७ वटा जिल्लामा पुस ४ देखि १४ गतेसम्म मोर्डनाको खोप दिन लागिएको जानकारी दिनुभयो ।
उहाँले यसअघि फाइजर खोप दिइएका २४ अस्पतालसहित ५७ जिल्लाका विद्यालयमा खोप केन्द्र राखेर मोर्डना खोप दिइनेे बताउनुभयो ।
उहाँकाअनुसार बिहीबार कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा १४ लाख ९८ हजार ६ सय डोज र गत शुक्रबार एक लाख ८८ हजार डोज मोर्डना खोप नेपाल आएको छ। अहिलेसम्म आएको सहित मंसिर २६ गतेसम्म ३७ लाख डोज मोर्डना खोप आउने निश्चित भइसकेको छ ।
मोर्डना खोप सहजै भण्डारण गर्न मिल्ने भएकाले ग्रामीण भेगका विद्यालयहरुलाई प्राथमिकता दिने निर्णय भएको थियो । फाइजर खोप भने शहरी क्षेत्रका बालबालिकालाई दिने तय भएको छ ।
यी जिल्लाका विद्यालयहरुबाट मोर्डना खोप दिइने
सर्लाही, रामेछाप, दोलखा, बारा, रौतहट, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपलाञ्चोक, मकवानपुर, गोर्खा, लमजुङ्, स्याङ्जा, तनहुँ, मनाङ, कपिलवस्तु, नवलपरासी, अर्घाखाँची, गुल्मी, पाल्पा, म्याग्दी, पर्वत, मुस्ताङ, प्युठान, रोल्पा, रुकुम, सल्यान बर्दिया, दैलेख, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, अछाम, डोटी, बझाङ, बाजुरा, कञ्चनपुर, वैतडी, हिमाल, दार्चुला, इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, सिराहा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र महोत्तरी ।
हेल्थपाटी
तपाईँको अभिमत