दक्षिण कोरिया जानेहरुलाई जोनसनको खोप, २ वटा खोपकेन्द्र
अ +
अ -
दक्षिण कोरिया जाने नेपालीहरुलाई कोरोना विरुद्धको खोप दिइने भएको छ । अर्थमन्त्री जनार्दन शर्मा र स्वास्थ्य मन्त्रालयका अधिकारीबीच शुक्रबार भएको छलफलमा इपीएस अन्तर्गत भाषा परीक्षा पास गरेका ३५ सय युवालाई खोप दिने निर्णय भएको हो ।
रोजगारी वा अन्य कामको सिलसिलामा दक्षिण कोरिया जाने नेपालीहरुलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र सैनिक अस्पताल छाउनीमा जोनसनको खोप शुक्रबारदेखि दिने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
लामो समयदेखि कोरोना महामारीका कारण इपीएस पास गरेका युवा कोरिया जान पाएका थिएनन् । पछिल्लो समय खोप अनिवार्य गरेपछि कोरिया जानेलाई खोप दिन लागिएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत