काठमाडौंमा कसले - कहाँबाट खोप पाउनेछन् ? हेनुहोस् यी १२ वटा खोपकेन्द्र
काठमाडौं । काठमाडौंमा फागनु २ गतेदेखिको कोरोना विरुद्धको खोप कार्यक्रमका लागि १२ वटा खोप केन्द्र तोकिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले १२ वटा खोप केन्द्र तोकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ देखि ८ गतेसम्म चल्ने खोप अभियानमा सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारीहरु, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, सिमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी, पहिला छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम्सेवक, एम्बुलेन्स तथा शववाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई खोप दिइने जानकारी दिएको छ ।
तोकिएको स्वास्थ्य संस्था वा खोप केन्द्रबाट आफ्नो परिचयपत्र देखाएर खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । नेपालमा माघ १४ गतेदेखि खोप अभियान चलिरहेको छ । अभियानमा भारतले दिएको कोभिशिल्ड खोप प्रयोग भइरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत