जलनका बिरामीहरुको सरकारी अस्पतालहरुमा निःशुल्क उपचार हुने
अब जलनका बिरामीहरुको सरकारी अस्पतालहरुमा निःशुल्क उपचार हुने भएको छ ।
कार्तिक २ गते बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गर्नुभएको जलनपीडितको उपचार निःशुल्क बनाउने प्रस्ताव पारित गरेको हो ।
‘अब आर्थिक अभावका कारण कसैले पनि जलनको उपचारबाट बञ्चित हुनु पर्देन,’ मन्त्री पौडेलले भँन्नुभयो, ‘आर्थिक अभावमा विपन्न समुदायका नागरिकले पाएको समस्या कम गर्न निर्णय गरेका हौं ।’
अब कीर्तिपुर अस्पताल तथा वीर अस्पतालको जलन वार्डसँगै कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्जमा समेत जलनमा परेका व्यक्तिको निःशुल्क उपचार हुनेछ ।
गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा लुम्बिनीमा भेरी अस्पताल कर्णालीमासमेत जलनपीडितको उपचार निःशुल्क हुनेछ । कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमासमेत जलनपीडितको निःशुल्क उपचार हुनेछ ।
नेपालमा हरेक वर्ष ५५ हजार जनामा आगलागी वा कुनै माध्यमबाट जलनको समस्या देखिने गरेको स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ ।
देशको सबैभन्दा धेरै जलनपीडितको उपचार हुने कीर्तिपुर अस्पतालले गतवर्ष आठ सय जनाको उपचार गरेको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत