उपत्यका बाहिर हुनुन्छ ? भेरोसिलको दोस्रो मात्राको लागि नाम टिपाउनुहोस्
अ +
अ -
काठमाडौं । भोलिदेखि काठमाडौं उपत्यकामा कोरोना विरुद्धको खोप भेरोसिलको दोस्रो मात्रा लगाइदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरोसिल खोपको पहिलो मात्रा लगाएकाहरु उपत्यका बाहिर भए उनीहरुलाई स्थानिय तहका स्वास्थ्य संयोजकहरुलाई आफ्नो नाम टिपाउन अनुरोध गरेको छ ।
हालको संक्रमणको अवस्था र जिल्ला अनुसार निषेधाज्ञा भएकोले मन्त्रालयले यस्तो अनुरोध गरेको हो । दोस्रो मात्रा लगाउन नाम टिपाएका व्यक्तिहरुको लगत तयार गरी प्रदेश मार्फत स्वास्थ्य सेवा विभागमा उपलब्ध गराउन जिल्ला स्वास्थ्य कार्यालयहरुलाई मन्त्रालयले भनेको छ ।
साथै, खोप लगाउने नाममा सवारीसाधन पास नबनाउन प्रशासन कार्यालयहरुलाई मन्त्रालयले अनुरोध पनि गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत