मेडिकल कलेजहरुले इन्टर्नशीप गरेको भत्ता नदिएको भन्दै विद्यार्थी आन्दोलित
इन्टर्नशीप गरेबापत्को भत्ता नदिएको भन्दै चिकित्सा शिक्षा स्नातक तहका विद्यार्थीहरु आन्दोलित भएका छन् ।
अन्तर्गत चिकित्सा शिक्षामा भएको विकृति,बेथिति विरुद्ध आवाज उठाउँदै आएको चिकित्सा शिक्षा संघर्ष अभियान अन्तर्गत धरानका मेडिकल कलेजमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरुले कालो पट्टी बाँधेर आन्दोलनको सुरुवात गरिएको अभियानका महासचिव सौगात पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार कतिपय मेडिकल कलेजहरुले स्नातक तहका सम्पूर्ण विषयगत विद्यार्थीहरुलाई इन्टर्न गरेवापत् पारिश्रमिक भत्ता दिएका छैनन् भने दिएका कलेजहरुले निकै कम भत्ता दिएका छन् ।
आठौं तहको मेडिकल अधिकृतले पाउने मासिक तलवको आधा बराबरको रकम इन्टर्नशीप गरेवापत् दिनपर्ने माग राख्दै आफूहरु आन्दोलित भएको पाण्डेले बताउनुभयो ।
‘मेडिकल कलेजहरूले प्रत्येक २ वर्षमा शूल्क बढाउने वा परिमार्जन गर्ने नियम हुँदा इन्टर्नसिपकाविद्यार्थीलाई भने कुनै पारिश्रमिक भत्तानै नदिने,निकै कम पारिश्रमिक भत्तामा खटाउने मात्र नभई समयमा पारिश्रमिक भत्तानै नदिई उनिहरूलाई महिनौँ दिनसम्म अल्लमल्ल बनाएर राख्ने जस्ता कार्य भइरहेको छ,’ उहाँले भन्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत