भारतमा कोरोनाका कारण एकैदिन ६ हजार १३८ को मृत्यु
मृत्युदर अस्वाभाविक

भारतको जम्मुमा संक्रमितको अन्तिम संस्कार गरेपछिको दृश्य तस्विर : एपी
अ +
अ -
काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण एकैदिन अहिलेसम्मकै धेरै ६ हजार १ सय ३८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा ९३ हजार ८९६ जना नयाँ संक्रमित थपिएका छन् ।
दैनिक संक्रमितको संख्यामा एक लाखभन्दा कममा झरेको भारतमा मृत्युदर भने अस्वाभाविक रूपमा बढेको हो ।
कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९१ लाख नाघेको छ ।
कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको संख्या ३ लाख ५९ हजार नाघेको छ । संक्रमितमध्ये २ करोड ७६ लाखभन्दा बढी निको भइसकेका छन् भने ११ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत