देशमा संक्रमण निरन्तर उकालो, गण्डकी प्रदेशमा ६२ प्रतिशतलाई कोरोना
काठमाडौं । देशमा कोरोना संक्रमण दर निरन्तर उकालो लागिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले देशभर संक्रमणदर उकालो लागिरहेको बउताउनु भएको हो पछिल्लो २४ घण्टामा १५ हजार ८०८ नमुना परीक्षण गरिएकोमा ३८४० जना संक्रमण पुष्टि भएको छ । यो कुल परीक्षणमा संक्रमण पुष्टि हुने दर २४.२ प्रतिशत रहेको पौडेलको भनाइ छ ।
प्रवक्ता पौडेलका अनुसार सबैभन्दा धेरै संक्रमण दर गण्डकी प्रदेशमा देखिएको छ । गण्डकी प्रदेशको पछिल्ला दिनमा गरिएको परीक्षणमा संक्रमण दर ६२ प्रतिशत देखिएको छ । यो भनेको हरेक ३ जनाको परीक्षण गर्दा २ जनामा संक्रमण देखिनु हो । त्यसपछि धेरै संक्रमणदर प्रदेश १ मा छ । प्रदेश १ मा कुल परीक्षण गरिएका मध्ये २७.५ प्रतिशतमा कोरोना देखिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
गत साताको तुलनामा देशमा सक्रिय संक्रमितको संख्या बढेको छ । मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार बुधबार दिउँसोसम्मको आँकडा अनुसार देशभर २९ हजार ४४४ जना कोरोना संक्रमित छन् । जसमा
होम आइसोलेसनमा २६ हजार ६५२ जना बसिरहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ७९२ जना छन् ।
संस्थागत आइसोलेसनमा रहेका मध्ये ६११ जना आइसीयूमा र १६८ भेन्टिलेटरमा उपचाररत रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत