जापानबाट एष्ट्राजेनेकाको थप ५ लाख ५९ हजार डोज खोप नेपाल आयो
अ +
अ -
जापानबाट करीब १६ लाख डोज एष्ट्राजेनेकाको खोप नेपाल आएको छ ।
जापानले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको एस्ट्राजेनेका ५ लाख ५९ हजार ३६० डोज खोप नेपाल आइपुगेको छ ।
जापानले दिएको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये भदौ ५ गते २ लाख ८ हजार ७ सय डोज र गत साउनमा ९ लाख डोज खोप नेपाल आइसकेको छ ।
व्यवस्थापन महाशाखाका अनुसार १६ लाखमध्ये साउनमा आएको ९ लाख खोप चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकलाई लगाइएको छ ।
अहिले आएको खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइने बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्माले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत