८११ जना कोरोना संक्रमित आइसियु र २३७ जना भेन्टिलेटरमा

प्रतिकारात्मक तस्बिर
अ +
अ -
काठमाडौं । आज देशभरमा गरी ८ सय ११ जना कोरोना संक्रमित बिरामी आइसियुमा उपचाररत छन् । त्यस्तै २ सय ३७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
आज देशभर थप २२ सय ९७ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ३१ सय ३० जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म ५ लाख ५९ हजार ९२८ जनाले कोरोनालाई जितेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा कोरोनाकै कारण ४६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ७७२ जना पुगेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत