कार्यालय आएपछि १५ मिनेट योग-अभ्यास गरेर मात्रै जिम्मेवारी सुरु गर्नू : गृह मन्त्रालय
गृह मन्त्रालयले कार्यालय आएपछि प्रत्येक दिन अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसकेपछि मात्रै आफ्नै जिम्मेवारी सुरु गर्न कर्मचारीहरुलाई निर्देशन दिएको छ ।
बुधबार एक परिपत्र जारी गर्दै मन्त्रालयले महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीहरुले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्न निर्देशन दिएको छ ।
गृह मन्त्रालय र उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतदेखि उच्च तहसम्मका कर्मचारीहरूको सहभागितामा एक दिवसीय ध्यान विज्ञान कार्यक्रम सञ्चालन भैसकेको मन्त्रालयले जनाएको छ ।
अधिकृतस्तरका सबै कर्मचारीहरूले हरेक दिन विहान १०: १५ भित्र अनिवार्यरुपमा कम्तीमा १५ मिनेट समय योगाभ्यास/ ध्यान गरेर मात्र आ-आफ्नो कार्यजिम्मेवारी प्रारम्भ गर्ने व्यवस्था मिलाउन र अन्य कर्मचारीहरुलाई योग प्रशिक्षण प्रदान गरी सकेपछि सोही अनुरुप योगरध्यान गर्ने व्यवस्था र वातावरण बनाउन मन्त्रालयले जारी गरेको परिपत्रमा उल्लेख गरेको छ ।
तपाईँको अभिमत