थाहाका संक्रमितको काठमाडौंमा उपचार व्यवस्थापनको जिम्मा विष्णुहरी ढकाललाई
नगरपालिकामा संक्रमणदर ६० प्रतिशतभन्दा बढी
काठमाडौं । मकवानपुर जिल्लाको थाहा नगरपालिकामा संक्रमणदर ६० प्रतिशतभन्दा बढी देखिएको छ । संक्रमणको अवस्था भयावह देखिएपछि नियन्त्रणका लागि नगरले विभिन्न निर्णय गरेको छ ।
जेठ ११ गते जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने निर्णय नगरले गरेको छ । यसैगरी संक्रमित बढिरहँदा उपचारका लागि थाहाबाट काठमाडौं ल्याउन परे त्यसको व्यवस्थापन गर्न रेडियो अभियन्ता एवं समाजसेवी विष्णुहरी ढकाललाई फोकल पर्सन तोकिएको छ ।
जसअनुसार नगरबाट संक्रमितहरुलाई थप उपचारका लागि काठमाडौं ल्याउन पर्ने अवस्था आएमा त्यसको व्यवस्थापन ढकालले गर्नुहुने छ ।
हाल थाहा नगरमा ५ बेडको कोरोना अस्पताल, २० बेड क्षमताको आइसोलेशन, मेडिकल अधिकृत २ जनासहित केही स्वास्थ्यकर्मी रहेका छन् भने अक्सिजनका लागि ५ वटा अक्सिजन कन्सन्ट्रेटर, साना ठूला गरी ३० वटा अक्सिजन सिलिण्डर, ६ वटा एम्बुलेन्स तयारी अवस्थामा छ ।
अहिले संक्रमण नियन्त्रण पालिकाको क्षमता भन्दा बाहिर गएकाले विशेष घुम्ती अस्पताल संचालनका लागि सामाजिक विकास मन्त्रालय बागमतीसँग सहयोग माग गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत