मङ्कीपक्स कति खतरनाक ?
मङ्कीपक्स गराउने भाइरस बिफर भाइरसकै वर्गमा पर्छ। यद्यपि यो कम गम्भीर र कम सङ्क्रामक रहेको विज्ञहरूले बताएका छन्।
यो रोग प्रायः मध्य र पश्चिम अफ्रिकी देशहरूका उष्णतटीय वर्षावन नजिक रहेका दुर्गम भेगहरूमा पाइन्छ। त्यहाँ यो भाइरसका पश्चिम अफ्रिकी र मध्य अफ्रिकी गरी दुईवटा प्रकार छन्।
यूकेमा फेला परेका दुईजना बिरामीहरू नाइजिरियाबाट आएका थिए। त्यसैले उनीहरू पश्चिम अफ्रिकी भाइरसबाट सङ्क्रमित भएको हुनसक्ने सम्भावना छ। त्यसले प्रायः मध्यम खालका असरहरू पार्छ। यद्यपि यो अझै पुष्टि भएको भने छैन।
मङ्कीपक्स भाइरस सरेका तेस्रा व्यक्ति स्वास्थ्यकर्मी हुन्। उनलाई बिरामीबाट सङ्क्रमण सरेको थियो। भर्खरै फेला परेका चार सङ्क्रमितमध्ये तीन जना लन्डनमा र एक जना उत्तरपूर्वी इङ्ग्ल्यान्डमा छन्। तर उनीहरूको एकअर्कासँग सम्बन्ध छैन र उनीहरू देशबाहिर अन्यत्र गएका पन छैनन्। उनीहरूलाई यूकेमै सङ्क्रमण भएको देखिन्छ।
यो कति खतरनाक छ ?
प्रायः यस भाइरसले मध्यम खालका असरहरू गर्छ।कहिलेकाहीँ यसका प्रभावहरू ठेउला हुँदा जस्तै देखिन्छन् र केही सातामै निको हुन्छ।
यद्यपि यो भाइरसको सङ्क्रमण कहिलेकाहीँ निकै गम्भीर हुनसक्छ र मङ्कीपक्सका कारण पश्चिम अफ्रिकामा बिरामको मृत्यु भएको समेत पुष्टि भएको छ।
यसको प्रकोप कति सामान्य ?
थुनेर राखिएको एउटा बाँदरमा यो भाइरस पहिलो पटक पहिचान गरिएको थियो।सन् १९७० देखि नै अफ्रिकाका १० वटा देशमा यो भाइरसका कारण प्रकोप निम्तिएको देखिएको छ।
सन् २००३ मा अमेरिकामा यसको प्रकोप देखियो। मङ्कीपक्स अफ्रिकाबाहिर देखिएको त्यो पहिलो पटक थियो।त्यतिबेला देशमा आयातित विभिन्न साना स्तनधारी प्राणीबाट समथल भागमा पाइने कुकुरहरू सङ्क्रमित भएका थिए। कुकुरबाट मानिसलाई सङ्क्रमण सरेको थियो। कुल ८१ जनामा सङ्क्रमण देखिएको भए पनि कसैको उक्त भाइरसका कारण मृत्यु भएको थिएन।
अभिलेखहरूका अनुसार सन् २०१७ मा नाइजिरियामा यसको सबैभन्दा ठूलो प्रकोप देखियो। त्यसअघि देशमा सङ्क्रमण पुष्टि भएको लगभग ४० वर्षपछि त्यहाँ नयाँ सङ्क्रमण देखिएको थियो।
त्यहाँ १७२ जनामा मङ्कीपक्स देखिएको अनुमान थियो। तीमध्ये ७५ प्रतिशत सङ्क्रमितहरू २१ देखि ४० वर्ष उमेर समूहका पुरुष थिए।
उपचार के हो ?
मङ्कीपक्सको अहिलेसम्म कुनै उपचार छैन।तर सङ्क्रमण रोकथाम र प्रकोप नियन्त्रण गर्न सकिन्छ।त्यतिबेला देशमा आयातित विभिन्न साना स्तनधारी प्राणीबाट समथल भागमा पाइने कुकुरहरू सङ्क्रमित भएका थिए। कुकुरबाट मानिसलाई सङ्क्रमण सरेको थियो। कुल ८१ जनामा सङ्क्रमण देखिएको भए पनि कसैको उक्त भाइरसका कारण मृत्यु भएको थिएन।
अभिलेखहरूका अनुसार सन् २०१७ मा नाइजिरियामा यसको सबैभन्दा ठूलो प्रकोप देखियो। त्यसअघि देशमा सङ्क्रमण पुष्टि भएको लगभग ४० वर्षपछि त्यहाँ नयाँ सङ्क्रमण देखिएको थियो । त्यहाँ १७२ जनामा मङ्कीपक्स देखिएको अनुमान थियो। तीमध्ये ७५ प्रतिशत सङ्क्रमितहरू २१ देखि ४० वर्ष उमेर समूहका पुरुष थिए।
बीबीसीबाट साभार ।
तपाईँको अभिमत