विदेश जानेहरुले अब यी प्रयोगशालामा मात्रै कोरोना परीक्षण गर्नपर्ने
अ +
अ -
काठमाडौं । केही प्रयोगशालाहरुले नक्कली रिपोर्ट बनाएको खुलेपछि सरकारले विदेश जानेहरुका लागि कोरोना परीक्षणका लागि प्रयोगशाला तोकेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले 'ए' वर्गका प्रयोगशालामा मात्रै विदेश जानेहरुको पीसीआर परीक्षण गर्ने निर्णय भएकाले सबै सरकारी र ५ निजी प्रयोगशालामा मात्रै परीक्षणको अनुमति दिएको छ ।
निर्णयअनुसार विदेश जानेहरुले कोभिड परीक्षण गर्ने सबै सरकारी, स्टार अस्पताल, नेपाल मेडिसिटि अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल स्वयम्भु, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एन्ड टिचिङ हस्पिटल भैरहवा र ह्याम्स हस्पिटललाई मात्रै पीसीआर परीक्षण गर्नपर्नेछ ।
हेल्थपाटी
तपाईँको अभिमत