फाइजरको कोरोना खोपले २ स्वास्थ्यकर्मीलाई एलर्जी, अस्पताल भर्ना
काठमाडौं । फाइजरको कोरोना खोप लगाएपछि अमेरिकाका २ स्वास्थ्यकर्मीलाई गम्भिर किसिमको एलर्जीको समस्या देखिएको छ । मंगलबार कोरोनाको खोप लगाउने बित्तिकै अलास्काका २ स्वास्थ्यकर्मीलाई एलर्जी भएको हाे । उनीहरुलाई खोप लगाएको एक मिनेट बित्न नपाउदै एलर्जी देखिएको थियो ।
आकस्मिक विभाग जुनेउका निर्देशक लिन्डे जोसले ति स्वास्थ्यकर्मीहरुलाई यसअघि एलर्जीको समस्या नरहेको जानकारी पत्रकारहरुलाई दिनुभएको छ । खोप लगाएपछि एलर्जीको रियाक्सन देखिएका स्वास्थ्यकर्मीहरु अस्पतालमा चिकित्सकहरुको निगरानीमा रहेका छन् ।
बेलायतमा पनि गतहप्ता खोप लगाएपछि २ जनालाई एलर्जीको रियाक्सन देखिएको थियो । उक्त एलर्जी र अहिले अलास्काका स्वास्थ्यकर्मीलाई देखिएको एलर्जी उस्तै प्रकृतिको रहेको जनाइएको छ ।
बेलायतमा खोप लगाएपछि २ जनालाई एलर्जीको समस्या देखिएपछि एलर्जीको समस्या रहेका व्यक्तिहरुलाई खोप नलागउन सुझाइएको थियो । रोयटर्स ।
हेल्थपाटी
तपाईँको अभिमत