नेपाल भिट्रियो रेटिना सोसाइटीको आठौँ सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः डा. बजिमय
नेपाल भिट्रियो रेटिना सोसाइटीको आठौँ सम्मेलन सम्पन्न भएको छ । राजधानीमा शनिबार नयाँ नेतृत्व चयन गर्दै सोसाइटीको सम्मेलन सकिएको हो ।
सोसाइटीको अध्यक्षमा पुनः डा. सन्यम बजिमय चयन हुनुभएको छ । उहाँ सर्वसम्मत दुई वर्षको नयाँ कार्यकालका लागि अध्यक्ष चयन हुनुभएको हो ।
डा. बजिमयसँगै समितिको उपाध्यक्षमा डा. रवा थापा चयन हुनुभएको छ । महासचिवमाडा. प्रताव कार्की पुनः चयन हुनुभएको छ । सहसचिवमा डा. ललित अग्रवाल चयन हुनुभयो भने डा. संजिता शर्मा कोषाध्यक्षमा र सहकोषाध्यक्षमा डा. गुञ्जन प्रसाईं चयन हुनुभएको छ । सदस्यहरुमा डा. लिली राजवंशी, डा. पुरुषोत्तम जोशी, डा. नितीन कुशियार, डा. किरण शाक्य र डा. सुवास पोखरेल निर्वाचि हुनुभयो ।
यसैगरी दुई दिनसम्म चलेको सम्मेलनमा विभिन्न मुलुकका गरी १३५ जना सहभागी भएका थिए । सम्मेलनमा आँखाको पर्दामा हुने समस्या र त्यसको उपचारमा अपनाइएका नयाँ नयाँ प्रविधि र पद्धतिका बारेमा छलफल भएको छ । छलफलका लागि विदेशबाट २१ जना विशेषज्ञ नेपाल आएका थिए भने देशभित्रका ४० जनाभन्दा बढी विशेषज्ञले विभिन्न कार्यपत्र प्रस्तुत गरेका थिए ।
सोसाइटीले नेपालमा रहेका आँखाको पर्दामा विशेषज्ञता हासिल गरेका चिकित्सकहरुको सामूहिक हितका लागि पेसागत र नीतिगत पैरवी गर्दै आइरहेको छ । त्यस्तै यस क्षेत्रमा विकास भएका नयाँ प्रविधि र पद्धतिका बारेमा विभिन्न कार्यहरु गर्दै आएको छ ।
आँखा विशेषज्ञहरुको छाता संस्था नेपाल अप्थाल्मिक सोसाइटी अन्तर्गत नेपाल भिट्रियो रेटिना सोआँखाका विभिन्न सात वटा सुपरस्पेश्यालिटी समाजहरु रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत