सबैखाले उपचार निशुल्क गर्ने विषयमा छलफल अगाडि बढाउँछु : स्वास्थ्यमन्त्री तामाङ
काठमाडौं । स्वाथ्यमन्त्री शेर बहादुर तामाङले नागरिकको सबैखाले उपचार निशुल्क गर्ने विषयमा छलफल अगाडि बढाउने बताउनुभएको छ । स्वास्थ्य मन्त्रीमा नियुक्त हुनु भएपछि सोमवार भर्चुअल मार्फत पत्रकार सम्मेलन गर्दै उहाँले निशुल्क उपचारका सम्वन्धमा के कति सम्भव रहेको भन्ने विषयमा अध्ययन गरि छलफल अगाडि बढाउने बताउनुभएको हो ।
उहाँले सबै नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याइने र यसका लागि जन्मनसाथ बच्चाको जन्मदर्ता भएजस्तै स्वास्थ्य कार्ड पनि जन्मिए लगत्तै उपलव्ध गराउन सिस्टमको विकासका लागि तयारी गर्ने बताउनुभयो ।
साथै, उहाँले कोरोना खोपलाई आफुले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री तामाङले स्वास्थ्य संस्थाको गुणस्तरलाई प्रामिकताका साथ राखी आफुले काम गर्ने बताउनुभयो । यसका लागि आफैं अस्पतालहरुको निरीक्षण गरी त्यहाँ सुधार्नपर्ने काम तत्कालै गरिने बताउनुभयो ।
उहाँले वर्षौ पुराना प्रणालीका कारण समस्या उत्पन्न भइरहेको भन्दै उहाँले स्वास्थ्य मन्त्रालयको प्रणाली सुधार गरी अपडेट गर्ने बताउनुभयो । साथै, सातै प्रदेशमा बालबालिकाका लागि अस्पताल निर्माण गरिने बताउनुभएको छ ।
उहाँले तेस्रो लहरमा बालबालिका जोखिममा रहेको अवस्थालाई मध्यनजर गर्दै आइसियु तथा अरु बेड थप्ने कार्य अगाडि बढाउन लागिएको बताउनुभयो । उहाँले पारदर्शी भएर काम गर्ने र स्वास्थ्य संरचना सुधारका लागि आफु अगाडि बढ्ने बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत