कोभिशिल्डको दोस्रो मात्रा लगाउन बाँकीलाई एस्ट्रेजेनेकाको खोप दिने निर्णय
काठमाडौं । कोरोना विरुद्धको खोप कोभिशिल्डको दोस्रो मात्रा लगाउन बाँकी रहेका व्यक्तिलाई एस्ट्रेजेनेकाको खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण मशाहाखा निर्देशक डा.तारानाथ पोखरेलले फाल्गुन २३ गते देखि चैत्र १० गते सम्म कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई दोश्रो मात्रा एस्ट्रेजेनेकाको खोप लगाउने निर्णय भएको जानकारी दिनुभयो ।
सिरम इन्स्टिीयुट अफ इन्डिया र कोभ्याक्स सुविधा दुबैले कोभिशिल्ड उपलव्ध गराउन नसक्ने बताएकाले उक्त खोपको विकल्पमा एउटै प्रकृतिको एस्ट्रेजेनेका खोप दिन लागिएको उहाँले बताउनुभयो ।
एस्ट्रेजेनेकाको खोप प्राीत भइनसकेकाले दोस्रो मात्रा लगाउने मिति भने तय भएको छैन । कोभिशिल्डको दोस्रो मात्रा पहिलो मात्रा लगाएको १२ हप्ता पुगेपछि लगाउनपर्ने भएपनि खोप उपलव्ध नभएकाले ढिला भइसकेको छ । यद्यपी कोभिशिल्डको दोस्रो मात्रा पहिलो मात्रा लगाएको १६ हप्तासम्म लगाउन मिल्ने देखिएकाले उक्त अवधिभर दोस्रो मात्रा लगाइसक्ने तयारी स्वास्थ्य मन्त्रालयको छ ।
हेल्थपाटी
तपाईँको अभिमत